फरक नेपाल तेस्रो वर्षमा प्रवेश !
वि.सं.२०८० भदौ १३ बुधवार ०९:०८

आज फरक नेपालको तेस्रो वर्षको सुरुवात भएको छ । स्थापनाको दोस्रो वर्ष पुरा गरि हामी नयाँ संकल्प र योजनासहित तेस्रो वर्षको नयाँ अध्यायमा प्रवेश गरेका छौँ ।
१९ साउन २०७८ मा परीक्षण प्रकाशनमा आएको फरक नेपाल डट कम अनलाईन न्यूज पोर्टल २७ दिनपछि आजकै दिन १३ भदौं सूचना तथा प्रशारण विभागमा दर्ता र प्रेस काउन्सील नेपालमा सूचीकृत भएको थियो ।
सधैं फरक : अर्थात समाचारका कोण र प्रस्तुतीमा फरकपना दिने गरि फरक नेपाल डट कम सुरु गरेको दुई वर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । अर्थ, विकास र जनसरोकारका मुद्दा प्राथमिकतामा राखेर सञ्चालनमा रहेको फरक नेपाल फास्ट ट्रयाक मिडिया प्रा.लि. को प्रकाशन हो ।
नेपालको समृद्धिको आधारका रुपमा रहेका तराइ मधेस–काठमाण्डौं द्रुतमार्ग (फास्ट ट्रयाक) को गरिमाबाट कम्पनीको नामाकरण गरिएको हो । २७ मंसिर २०७६ मा यो संस्था कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको हो । निजगढमा व्यवसायिक एफएम सञ्चालन गर्ने कम्पनीको पहिलो उद्देश्य भए पनि कोरोना कहरका कारण त्यो योजना स्थगित गरियो । त्यसको झण्डै दुई पछि काठमाण्डौंस्थित कागेश्वरी मनोहारा नगरपालिकाबाट अनलाईन सञ्चालन गरिएको हो । जसको कार्यालय शान्तिनगर हुदैँ पछिल्लो समय नयाँ बानेश्वर थापागाँउ रहेको र अब मधेस प्रदेश केन्द्रीत हुने योजनासहित अघि बढेका छौं ।
फरक नेपाल डट कम पाठक, दर्शक र श्रोतामाझ दुई वर्ष अगाडि सञ्चालनमा आएको थियो । यहाँहरूको निरन्तर साथ र सहयोगमा आजबाट हाम्रो यात्रा दोस्रो वर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ ।
मिडिया हाउसका निम्ति दुई वर्षको अवधि लामो होइन् । आफूलाई कसरी व्यावसायिक र जिम्मेवार ढंगमा अघि बढाउने भन्ने सवालमा गृहकार्य गर्दागर्दै यो अवधि बित्छ । तर फरक नेपालले यो छोटो अवधिमै देशका पाठक मात्रै नभई देश तथा विदेशमा बस्ने नेपालीहरुको माया स्नेह, विज्ञापनदाता तथा अन्य शुभेच्छुकबाट जेजस्तो सद्भाव, प्रेम र स्नेह पाउन सफल भएको छ, त्यसबाट हामी निकै उत्साहित भएका छौं ।
सूचना प्रविधिको वर्तमान युगमा हरेक मानिसका हात–हातमा यहाँका नागरिकका सवालहरुको पहिचान गरि सत्य तथ्य समाचार, सूचना, विचार र मनोरन्जन पु¥याउने हाम्रो एकमात्र लक्ष्य हो । र, तेस्रो वर्षमा पाइला टेक्दै गर्दा हामी दोहोर्याउन चाहन्छौं यो क्रम जारी रहनेछ ।
यो दुई वर्षको छोटो अवधिमै हाम्रा तमाम पाठकहरुले गर्नुभएको अगाध मायालाई हामी नमन गर्न चाहन्छौं । साथै, तमाम विज्ञापनदाता, लेखक, सहकर्मी र शुभेच्छुहरुले पुर्याएको अतुलनीय योगदानप्रति सधै आभारी छौं । हाम्रो अवको बाँकी यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढ्नेछौं । तेस्रो वर्ष प्रवेशको अवसरमा सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौ ।
धन्यवाद !
अध्यक्ष
महेश्वर अधिकारीसम्पादक
पवित्रा कुमारी चौलागाई
वि.सं.२०८० भदौ १३ बुधवार ०९:०८

















