skip this farak Kura Pravakar

९ वर्षपछि मनहर्वा गोल्डकप : ८ टिम सहभागी हुने, प्रथम पुरस्कार दुई लाख

पुरस्कार राशि बृद्वि

2.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थित मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष बसन्त खतिवडा, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, सल्लाहकार समितिका सदस्यहरु एवं पधादिकारीहरुको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा सहभागी । तस्बिर साैजन्य : पुष्पराज खतिवडा

क्लबका अध्यक्ष निर्मल कुमार यादवकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनकाे सहजिकरण प्रतियोगिताका मिडिया संयोजक पुष्पराज खतिवडाले गरेका थिए ।

सहभागी हुने टिम

प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब हरिवन सहभागी हुने छ ।

त्यसैगरि वीरगञ्ज युनाईटेड वीरगञ्ज र आयोजक श्री मौवा देवी युवा क्लब सहभागि हुने भएका छन् ।

प्रथम पुरस्कार दुई लाख

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एकलाख रुपैंया पुरस्कार पाउने छन् ।

यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुई टिम मध्ये कुनै एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदान गरिने छ ।

यसैगरी २० हजारको एक जनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एकएक जनालाई नगद १० हजारका दरले प्रदान गरिने भएको छ ।

त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई जनही ५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।

जिल्लाको मध्य स्थानमा रहेको बडहर्वा खेल मैदान दर्शकहरुको उपस्थितिका हिसावले उत्कृष्ठ प्रतियोगिता बन्दै आएको छ ।

दैनिक हजारौं दर्शक स्वस्फूर्त खेल हेर्न आउने गरेको छन् । बडहर्वा खेल मैदानमा एक हजार जना दर्शक अटाउन सक्ने प्याराफिट समेत रहेको छ ।

यी हुन् सविक विजेता

सविक मनहर्वा गाउँ विकास समितिको नामबाट प्रतियोगिता नामाकरण गरिएको हाे । २०७३ मा तत्कालीन गढीमाइ नगरपालिका जीतपुरसिमरा उपमहानगरपालिकामा परिवर्तनपछि क्षेत्र विस्तार भएपछि मनहर्वाकाे जीतपुरसिमरा र केही भुभाग कलैया उपमहानगरमा गाभिएकाे थियाे ।

२०६९ मा पहिलो र २०७१ मा दोस्रो मनहर्वा गोल्डकप आयाेजना भएको थियाे ।

प्रतियोगिताकाे पहिलो संस्करणको उपाधि एपिएफ पिलुवा र दोस्रो नव दुर्गा युवा क्लब सिमराले जितेका थियाे ।

यस्तै पहिलोमा नव दुर्गा युवा क्लब सिमरा र दोस्रोमा एपिएफ पिलुवा उपविजेता भएको थियाे ।

पहिलो संंस्करणमा विजेतालाई पुरस्कार राशी २५ र उपविजेतालाई १५ हजार रुपैयाँ थियो ।

त्यस्तै दोस्रो संस्करणमा १ लाख १ रुपैंया र ५१ हजार १ रुपैंया थियो ।

९ बर्षपछि तेस्रो मनहर्वा गोल्डकपको आयोजना गर्न लागिएको हो ।

nijgadh-supermart-adz1200-630