skip this

जग्गा दलाली आरोपित एमालेका वडाध्यक्षसहित ७ जना सार्वजनिक

2.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिस्ट्रेसन पास गरेको आरोपमा पक्राउ परेका संखुवासभा भोटखोलाका वडाध्यक्षसहित ७ जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । प्रहरीले दुई महिलासहित ७ जनालाई सार्वजनिक गरेको हो ।

भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, अनिस गुरुङ, पासाङ शेर्पा र महेन्द्र पराजुलीलाई सार्वजनिक गरेको हो ।

डिएसपी लालध्वज सुवेदीका अनुसार वडाध्यक्ष किङ्साङ भोटे र उनका साथीहरुको मिलोमतोमा बिममाया तामाङको २७ रोपनी जग्गा अरुकै नाममा फागुन २ गते रजिस्ट्रेसन पास गरिएको छ । पक्राउ परेका भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

सुवेदीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरुलाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630