सरकार स्थानीय चुनावबाट भाग्न खोजेको भूमिहीनको आरोप
वि.सं.२०७८ माघ १७ सोमवार १४:०१
1.48K
shares

काठमाडौं । नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनले संविधानले निर्धारण गरेको समयभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संगठनकी अध्यक्ष शान्ता चौधरीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै सरकार स्थानीय चुनाव नगर्ने चालबाजीमा रहेको आरोप लगाएकी छन् ।
चौधरीले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको परिकल्पना गर्न नसकिने बताएकी छन् ।
वि.सं.२०७८ माघ १७ सोमवार १४:०१

















