skip this

इन्धनको मूल्य वृद्धिसँगै हवाईको भाडा बढ्यो

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । आन्तरिक हवाई उडानको भाडादर बढेको छ । वायुसेवा सञ्चालक सँघले आजदेखी लागू हुनेगरी आन्तरिक हवाई उडानको भाडादरमा बृद्धि भएको हो ।

हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म वृद्धि गरेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिएका छन् ।

हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले ३५ वटा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फनै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिँदै आएको छ।

nijgadh-supermart-adz1200-630