skip this

मूर्ति चोरीमा २ वर्ष सजाय भोगेका लामालाई कर्णाली प्रदेशकाे मन्त्री बनाइँदै, यस्ताे छ नेकपा माओवादी पार्टीभित्रको अंकगणित

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हुम्ला — नाम : छिरिङ दमदोल लामा (कार्चेन लामा)
मुद्दा : मूर्ति चोरी
कैद जरिवाना : २ वर्ष कैद‚ ५ हजार रुपैयाँ जरिवाना

काठमाडाैं । हुम्ला जिल्ला अदालतको अभिलेखमा दर्ता नम्बर ४१० मा रहेको २०५१ मंसिर २५ गते फैसला भएको मुद्दाको विवरण हो यो ।

२०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा यिनै कार्चेन लामा दोषी ठहर भई कैद र जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् ।

हुम्लाका माओवादी नेता लामालाई उनको पार्टीले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउँदै छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अनुसार गैरसांसद ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो । स्रोतका अनुसार लामाले आइतबार मन्त्रीको शपथ लिँदै छन् ।  हाल कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सांसद् छन् ।

संविधानमा सांसद नभएको व्यक्तिलाई ६ महिना मन्त्री बनाउन सकिने कानुनी छिद्रबाट माओवादीले निर्वाचित प्रदेश सभा सदस्यहरूलाई बेवास्ता गर्दै फौजदारी आभियोगमा जेल सजाय भोगिसकेका व्यक्तिलाई मन्त्रीजस्तो उच्च पदमा नियुक्त गर्न लागेको हो ।

लामाले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद सजाय भुक्त्तान गरिसकेका छन् । प्रहरीले मुद्दा दायर गरेपछि तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते उनीसहित छिरिङ पाल्देन लामासमेतलाई दुई/दुई वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका थिए ।

कार्चेनलाई प्रचण्डको निर्देशनमा पार्टीको प्रदेश कमिटी र प्रदेश सभा संसदीय दलले मन्त्रीको सिफारिस गरेपछि उक्त पार्टीका सांसदहरूले चर्को असन्तुष्टि जनाएका छन् ।

यद्यपी आफूले कैद जीवन बिताए पनि उनले आफूमाथिको अभियोग (मूर्ति चोरी) सहि नभएको बताए । आफूलाई मन्त्री बनाउन जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पार्टीका नेताहरूले पहल गरेको लामाको भनाइ छ । उक्त मूर्ति १२ सय वर्ष पुरानो हो ।

nijgadh-supermart-adz1200-630