बेइजिङमा विन्टर ओलम्पिक सुरु, यी देशले गरे कूटनीतिक बहिस्कार
वि.सं.२०७८ माघ २२ शनिवार ०७:२२
1.14K
shares

काठमाडौं । शुक्रबार राति चीनको बेइजिङमा विन्टर ओलम्पिक उद्घाटन भएको छ । शुक्रबार बेइजिङस्थित न्याओछाओ स्टेडियममा ओलम्पिकको उद्घाटन राष्ट्रपति सी चिनफिङले गरेका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडसँग सम्बन्धित प्रतिबन्ध र कूटनीतिक बहिस्कारबीच ओलम्पिक सुरु भएको हो ।
महामारीको समय भएको भन्दै यो प्रतियोगितामा अमेरिका, भारतसहित केही देशले असन्तुष्टि राखेका छन् । उनीहरुले असन्तुष्टि राख्दै उद्घाटन समारोहलाई कूटनीतिक बहिस्कार गरेका छन् ।

ओलम्पिकमा ९० देशबाट १५ खेलका लागि करिब ३ हजार खेलाडी सहभागी हुँदैछन् ।
तस्बिरः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी
वि.सं.२०७८ माघ २२ शनिवार ०७:२२
















