बैशाख ३० गते स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय
वि.सं.२०७८ माघ २४ सोमवार १६:३०
2.72K
shares

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले आमागी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गतेको लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषद्ले अझ अगाडिकै मिति तय गरेको हो ।
स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो । स्थानीय तहको अघिल्लो निर्वाचन तीन चरणमा भएको थियो । यो पटक भने एकै चरणमा गर्ने बताइएको छ ।
https://faraknepal.com/11314
वि.सं.२०७८ माघ २४ सोमवार १६:३०

















