skip this

प्रवक्ता ‘प्रकाण्ड’ले त्यागे ‘विप्लव’ नेतृत्वकाे नेकपा, एमाले प्रवेश गर्दै

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्।

प्रकाण्डनिकट स्राेतकाअनुसार हप्तादिनपछि उनले औपचारिक रुपमा एमाले प्रवेश गर्नेछन्। एमाले महासचिव शंकर पाेखरेल र प्रवक्ता प्रकाण्डबीच आन्तरिक संवाद चलिरहेकाे हुँदा पार्टी प्रवेशको मिति भने खुलाइएको छैन।

दलबलसहित महासचिव विप्लवको साथ छाड्ने निधो गरेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने बताइएको छ। पछिल्लाे समय विप्लव–प्रकाण्डबीच सम्बन्ध बिग्रिएकाे नेकपाका नेता–कार्यकर्ताहरू नै चर्चा गर्छन्। उनले अघिल्लाे महिना विप्लवकाे कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी त्याग्ने चेतावनी दिएकाे स्राेतकाे दाबी छ।

०६४ को संविधानसभा चुनावमा कालिकोटबाट प्रत्यक्ष निर्वाचित भएका विश्वकर्मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत भएका थिए। तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) छाडेपछि उनी पनि वैद्यसँगै बाहिरिएका थिए।

एउटै पार्टीमा रहँदा वैद्य र विप्लवबीच विवाद चुलिँदा प्रवक्ता विश्वकर्माले विप्लवलाई साथ दिएका थिए।

लगतै, वैद्यबाट अलग भएर भूमिगत रुपमा छुट्टै संगठन विस्तारमा लागेका उनी पार्टीभित्र विप्लवपछिको दोस्रो बरियातामा रहेका छन्। स्राेत : breaknlinks

nijgadh-supermart-adz1200-630