skip this farak Kura Pravakar

पर्यटनमन्त्री आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।

सिइओ रेग्मीले दायर गरेको मुद्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।

आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानबिनको नाममा प्रतिवेदन बुझाउनुका साथै स्पष्टीकरणसमेत सोध्ने काम गरेको भन्दै मंगलबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

बोर्डले सिइओ रेग्मीमाथि छानबिन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। रेग्मीलाई कारबाहीको प्रतिवेदनमाथि जवाफ दिन एक हप्ताको समय दिइएको छ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई फागुन २ गते पुनः बोलाएको छ।

तर यता बोर्डले आफूखुसी सर्वोच्चको आदेशविपरीत काम गरेको भन्दै मन्त्री आलेसहित सञ्चालक समितिका सदस्य र आमन्त्रित सदस्यलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।  त्यस्तै बोर्ड सदस्य पम्फादेवी धमला, विप्लव पौडेल, डावा ङिमा शेर्पा, कृष्णकुमार शाह, होमप्रसाद लुइँटेललाई पनि विपक्षी बनाइएको छ।

nijgadh-supermart-adz1200-630