skip this

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् ।

वि.सं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ ।

उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630