जोखिमपूर्ण नदीकिनार बस्ती हटाइएपछि प्रभावित परिवारलाई सरकारले २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार विस्थापित परिवारलाई पुनर्स्थापनाका लागि एकमुष्ट आर्थिक सहायता उपलब्ध गराइनेछ।
काठमाडौंका जोखिमयुक्त नदीकिनार बस्ती हटाइँदा विस्थापित परिवारलाई २५ हजार राहत
नदी किनारका जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्दै आएका परिवारको विवरण प्रमाणित गरेपछि पुनर्स्थापनाका लागि एकमुष्ट राहत रकम उपलब्ध गराइने निर्णय।
वि.सं.२०८३ जेठ ५ मंगलवार १७:३२
276
shares
manohara-sukumbasi-basti
सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई राहतस्वरूप आर्थिक सहायता दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित परिवारलाई पुनर्स्थापनाका लागि प्रति परिवार २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, नदी किनारका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका र हटाइएका परिवारको विवरण प्रमाणित गरेपछि उक्त रकम प्रदान गरिनेछ।
वि.सं.२०८३ जेठ ५ मंगलवार १७:३२

















