skip this

भ्यालेन्टाइन सप्ताह : आज ‘चुम्बन डे’, यसरी गर्नुहोस् आफ्नो पार्टनरलाई चुम्बन

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

फेब्रुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेब्रुअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ । अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।

यौन सम्बन्धमा चुम्बनको महत्वपूर्ण भूमिका रहन्छ । चुम्बनले एक–अर्कालाई नजिक ल्याउनुको साथै यौन उत्तेजनामा पनि सहायक भूमिका निर्वाह गर्दछ । यसका लागि तपाईंले यी विधिहरू अपनाउन सक्नुहुन्छ ।

https://faraknepal.com/12038

फ्रेन्च चुम्बन :
यो सबैभन्दा कामुक चुम्बन मानिन्छ । यसले जिब्रोका साथै ओठको पनि प्रयोग हुन्छ । यो चुम्बन सबभन्दा मन पराइएको चुम्बन हो । यो चुम्बनले तपाईंको पार्टनरलाई पूर्ण उत्तेजित बनाउँछ ।

ओठ चुम्बन :
यो चुम्बन परम्परागत चुम्बनको रूप हो । यसमा ओठहरू मात्र ओठसँग प्रतिस्पर्धा गर्छन् र यसले प्रेमलाई नजिक बनाउने कार्य गर्दछ ।

स्ट्रेबरी चुम्बन :
स्ट्रेबरी चुम्बन यसको नामको जस्तो चुम्बन गर्नका लागि एक रमाइलो तरिका हो । यो चुम्बन गर्न पहिले तपाईंको मुखमा स्ट्रेबरीको साथ प्रेमीलाई चुम्बन गर्ने प्रयास गर्नुहोस् । एक अर्कालाई चुम्बन गर्दा स्ट्रबेरी टोक्ने प्रयास गर्दा तपाईं र तपाईंको साथीलाई फरक अनुभव हुन्छ ।

अप्रत्यासित चुम्बन :
यो चुम्बनको अप्रत्यासित समयमा चुम्बन हुुन्छ । तपाईंको पार्टनरलाई थाहा हुँदैन कि तपाईं के गर्दै हुनुहुन्छ । यो अप्रत्यासित लिइएको चुस्त ओठ चुम्बन हो ।

के-के छन् त चुम्बनका फाइदाहरु ?

-चुम्बन गर्नाले ब्लड प्रेसर कम गर्न सहयोग गर्छ ।

-चुम्बनले टाउको दुखाइ कम गर्छ भन्ने मान्यता छ ।

-चुम्बनले महिलालाई पीरियड्सको समयमा हुने दुखाईमा पनि राहत प्राप्त हुुन्छ ।

-चुम्बनले दाँतमा हुने क्याबिटीबाट बचाउँछ । चुम्बन गर्दा मुख धेरै चल्ने हुँदा क्याविटी युक्त ब्याक्टेरियाहरु सफा हुन्छन् ।

-चुम्बनले सेराटोनिन, अक्सीटसिन, डोपामाइन जस्ता ह्याप्पी हार्मोनहरुलाई बढाउने भएकोले तपाईंले रिप|mेस र आनन्द अनुभव गर्नुहुन्छ ।

-चुम्बनले अनुहारको मासंपेशीलाई टोन गरेर अनुहार चाउरी पर्नबाट बचाउँछ

चुम्बनसँग सम्बन्धित केहि रोचक तथ्यहरु

-केहि व्यक्ति चुम्बन गर्न डराउँछन्, जसलाई फिलेमाफोयिबा भनिन्छ । जसलाई यो फोबिया हुन्छ, त्यो व्यक्ति सेक्स गर्न पनि डराउँछ । त्यस्तो फोबिया कुनै पनि उमेरका व्यक्तिमा हुन सक्छ ।

-वैज्ञानिकहरुका अनुसार हामी आमाको कोखमा हुँदा नै चुम्बन गर्न सिकिसकेका हुन्छौ ।

-प्रशान्त महासागरका मौंगिया दीपका मानिसहरु कहिल्यै चुम्बन गर्दैनन् ।

-सुडानका मानिसहरु आत्मा हराउने डरका कारण चुम्बन गर्दैनन् ।

-चुम्बन गर्दा तपाईंको १४६ मांशपेशीले काम गर्छ ।

-बि्रटिश अध्ययनका अनुसार साँचो प्रेम पाउनका लागि महिलाले आफ्नो प्रेमिलाई १५ पटक चुम्बन गर्छिन् भने पुरुषले १६ पटक चुम्बन गर्छन् ।

-चुम्बन गर्दा हाम्रो शरीरमा अफीम भन्दा २०० गुना धेरै प्रभाव पार्ने तत्व प्रसार हुन्छ ।

चुम्बन एउटा सस्ंकृति

रोयल ह्यान्ड किस धेरै देशहरुमा यस्तो प्रकारको चुम्बन औपचारिकता निभाउनका लागि गरिन्छ । पहिलो पटक भेट्दा होस् अथवा छुटिदा, यस प्रकारको चुम्बन गर्ने चलन रहि आएको छ । यस्तो किसिमको चुम्बनलाई शिष्टाचारको रुपमा लिने गरिन्छ ।

जसले तपाईको विनम्रता दर्शाउँछ । युरोप, अमेरिकासँगै खाडी देशहरुमा पनि यस्तो चलन अति नै लोकपि्रय रहिआएको छ । यदि कुनै व्यक्ति तपाईसंग रिसाएको छ भने उसले तपाईंलाई आफ्नो हात चुम्न दिँदैन ।
.
एयर किस : यस्तो प्रकारको चुम्बन यूरोपमा धेरै नै लोकपि्रय रहेको छ । यस्तो चुम्बनले आफ्नोपनको अनुभव गराउँछ । आफ्न्त, साथीभाईलाई हाइ अथवा बाइ गर्दा गालामा आफ्नो गाला जोडेर गरिने चुम्बन नै एयर किस हो । यस्तो चुम्बनको अर्थ तपाईलाई देखेर खुशी लाग्यो भन्ने हुन्छ ।

एञ्जल किस : यस प्रकारको चुम्बनको प्रयोग जब कुनै ब्यक्तिलाई निद्राबाट उठाउनका परेमा, रुँदै गरेको व्यक्तिलाई फकाउन परेमा र कसैलाई विदाई गर्दा गरिने यो मयालु चुम्बनलाई एञ्जल किस भनिन्छ । यो चुम्बनको बिशेषता भनेका अगाडिको व्यक्तिलाई आँखामा बिस्तारै चुम्बन गर्नु हो ।

ब्राइड किस : यस प्रकारको चुम्बनको प्रयोग विदेशमा विवाहको समारोहमा गरिन्छ । प्रायः हामी हलीउडका फिल्महरुमा यस प्रकारको चुम्बनको दृष्य देख्छौं । .जीवनभरी माया प्रेम गर्ने वाचासहित यो चुम्बन गरिन्छ ।

nijgadh-supermart-adz1200-630