skip this

प्रधानन्यायाधीश जबराविरुद्ध ९८ जना सांसदको हस्ताक्षरसहित संसदमा महाभियोग दर्ता

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ ।

९८ सांसदले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाभियोग प्रस्ताव दर्ता गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदको टोली छन् ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एशोसिएनसले एक सय सात दिनदेखि आन्दोलन गरिरहेको छ ।

महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको न्यायीक र प्रशासनीक कार्य गर्न असमर्थ भएको भन्दै महाभियोग प्रस्ताव आएको संसद् सचिवालयले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630