skip this

निजगढ नगरपालिकालाई समृद्ध निजगढ सुखी नगरवासीको लक्ष्यसहित आगामी बजेटका लागि नागरिकसँग सुझाव आह्वान

27 shares
oil-nigam-amlekhgunj-adv.jpeg

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि निजगढ नगरपालिका ले नगरवासीसँग सुझाव माग गरेको छ । नगरपालिकाले “समृद्ध निजगढ, सुखी नगरवासी” को अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नीति तथा कार्यक्रमबारे नागरिकका राय, सुझाव र प्राथमिकता संकलन गर्न सार्वजनिक आह्वान गरेको हो ।

नगर प्रमुख सुरथ पुरी द्वारा जारी सूचनामा नगरवासी, संघसंस्था, बुद्धिजीवी, व्यवसायी तथा सरोकारवालालाई आगामी बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषयहरू सुझावका रूपमा पठाउन अनुरोध गरिएको छ ।

नगरपालिकाले प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने जनाएको छ । सुझावहरू २०८३ जेठ २३ गतेभित्र नगरपालिकाको आधिकारिक इमेल वा सूचना प्रविधि शाखामा बुझाउन सकिने उल्लेख गरिएको छ ।

सुझाव पठाउनका लागि नगरपालिकाले आफ्नो आधिकारिक वेबसाइट निजगढ नगरपालिका तथा इमेल nijgadhmun@gmail.com उपलब्ध गराएको छ ।

nijgadh-supermart-adz1200-630