सरुवाप्रति डा. सुमित्रा गौतम असन्तुष्ट, राजीनामा दिने
वि.सं.२०७८ फागुन ३ मंगलवार १२:५४

काठमाडाैं । स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाले गरेको सुरुवाप्रति भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाएकी छिन् ।
केही दिन अगाडि मन्त्रालयले उनलाई जिल्ला अस्पताल धादिङमा सरुवा गरेको थियो । ‘सो सरुवा प्रति मेरो सहमति छैन, यहाँ भन्दा माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ, तर तल्लो निकायमा गरिएको सरुवा गरेर मेरो अपमान गरिएको छ’, उनले भनिन् ।
सरकारको मूल्याङ्कनमा ३८ अंक प्राप्त गरेको अस्पताललाई आफूले ८२ अंक आउने बनाएको र एउटा आइसीयू नभएको अस्पतालमा हाल ३६ शैयाको आइसीयु अस्पताल बनाउँदा पनि मूल्यांकन नभएको उनको गुनासो छ ।
‘देश र जनताको सेवा गर्न थालेको १४ वर्ष भयो, जसमा १२ वर्ष राजधानी बाहिरका जिल्लामा बसेर काम गरेँ, पहुँच हुने र भनसुन गर्नेलाई सधैँ सहज अनि हामीजस्ताको भने अवमूल्यन हुने ?’ डा. गौतमले आक्रोश पोखिन् ।
सरुवामा पुर्नविचार नभए बिदा अवधि सकिएपछि सरकारी सेवाबाट राजीनामा दिने तयारीमा रहेको उनले बताइन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १२:५४

















