skip this

५० लाखको ‘डिल’ नमिल्दा मन्त्री आलेकाे अडियो भाइरलपछि, फेसबुक च्याट सार्वजनिक..!

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका जगत ओली नामका एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको अडियो भाइरल बनेको छ ।

अडियोमा आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर आलेले गालिगलौजमा गरेका छन् । अडियोमा सुनिएअनुसार उनले ती नेपालीलाई अपहरण गर्ने सम्मको धम्की दिएका छन् ।

तर करीब एक वर्षअघि भएको उक्त संवादलाई ओलीले बार्गेनिङको टूल बनाएको खुल्ने  स्क्रीनसटहरू पनि बाहिरिएको छ ।

त्यस्तै सार्वजनिक भएको अर्को स्क्रीन सटमा आलेले ओलीलाई पटक-पटक भिडियो कल गरेको देखिन्छ । जवाफमा ओलीले ‘केही थियो कि ‘ भनेका छन् । त्यसपछि ओलीले एकपटक ६ सेकेन्ड जवाफी कल गरेका छन् भने अर्को पटक २ मिनेट ४० सेकेन्ड कल गरेका छन् ।

कलपछि ओलीले आलेलाई ‘हेर्दै जा’ भनेर धम्कीपूर्ण म्यासेजसमेत गरेका छन् ।

मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ। -सम्पादक

*मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’

युवाः इन्डियातिर छु’

*मन्त्रीः अनि तपाईंको कमेन्ट हेरेँ मैले, के लेख्या त्यस्तो यार ?’

युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’

*मन्त्रीः कस्तो आश ?

युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन्)

*मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’

युवाः के गरेको छु ?

*मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस् भन त,’

युवाः आउन त यता आऊँ, बम्बईमा छु म’

*मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस् तेरी मा….’

युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…

*मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?

युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’

*मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।

युवाः मलाई ? तँ के गर्छस् भन न ?

युवाः त मा… कहाँ छस भन त ?

*मन्त्रीः तँ … छोरा होस क्या, त चुतियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’

*मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ?

युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?

*मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।

युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?

*मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी ।

युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?

*मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।

*मन्त्रीः लोकेसन नि पठा त ?

युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।

*मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

मन्त्री आलेविरुद्ध षड्यन्त्र भयो : सचिवालय
आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

https://faraknepal.com/12395

nijgadh-supermart-adz1200-630