गाउँपालिका अध्यक्ष कार्कीको छोरी साबित्री नै गरिबको सूचीमा
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:२०
876
shares

काठमाडाैं । दार्चुलामा गाउँपालिका अध्यक्षको छोरीको नाम पनि गरिबका सूचीमा राखिएको भेटिएको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो।
काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको २७ वर्षीया छोरी साबित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो।
तर, उनको आर्थिक स्तर तथा अवस्था भने त्यस्तो छैन। साबित्री सोही ठाउँकै हिकिलास्थित स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत छन्।
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:२०

















