skip this farak Kura Pravakar

नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ : शिक्षामन्त्री पौडेल

2.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन् ।

उनले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरि विकासमा सेवा पु¥याउने गरी नाष्टले काम गर्दै आएकामा प्रशंसा पनि गरे ।

नाष्टको ४५ औँ प्राज्ञ सभाका अवसरमा सन्देश दिँदै नास्टका सहकुलपति पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवद्र्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरी प्रोत्साहन र सहयोग गर्न पु¥याएको योगदान स्मरण योग्य भएको पनि उल्लेख गरे ।

“स्थानीय तह र प्रदेशसम्म पुनर्संरचना गरी प्रतिष्ठानका क्रियाकलापलाई सक्रिय पार्ने र राष्ट्रको प्राथमिकताका क्षेत्रमा केन्द्रित भई काम गर्ने गरी स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बोध गरेको छु”, उनले भने, “यसका साथसाथै संसारभर छरिएर रहेका नेपाली वैज्ञानिकहरूलाई आकर्षण गर्नका लागि संस्थागत विकास, वैज्ञानिक प्राविधिकहरूको वृत्ति विकास, प्रयोगशालाको क्षमतामा अभिवृद्धि गर्ने कार्य अपरिहार्य देखिन्छ ।”

nijgadh-supermart-adz1200-630