skip this

बाघको पञ्जाबाट यसरी जोगिए यी युवक, घाटीमा प्वाल पर्याे

846 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपालगञ्ज । बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन् ।
स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घाँसदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताए
उनका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उहाँलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उहाँ बेहोस हुनुभयो । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताए ।
बाघले उहाँको घाटीको अगाडी र पछाडी दुबैतिर प्वाल पारेको छ । स्थानीयको सहयोगमा अहिले उहाँको भेरी अस्पताल नेपालगञ्जको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।
अस्पताल पुगेपछि मात्र उनको होस खुलेको भेरी अस्पतालले जनाएको छ ।

nijgadh-supermart-adz1200-630