एमसीसीको विपक्षमा उभिन्छौँ, प्रहरी दमनको विरोध गछौँः प्रचण्ड
वि.सं.२०७८ फागुन ८ आइतवार १८:५६
g]skfsf cWoIf bfxfn sf7df8f}F, % df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ bfxfng]kfn ;d"xsf cWoIf k'iksdn bfxfn k|r08Ú ;f]daf/ clvn g]kfn dlxnf ;ª3åf/f sf7df8f}Fdf cfof]lht s]Gb|Lo ;ldltsf] k"0f{ a}7s tyf k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए ।
विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । साथै, प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गरेका छन् ।
यसबारे आफ्नो आधिकारिक फेसबुकमा प्रचण्डले लेखेका छन, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ 
वि.सं.२०७८ फागुन ८ आइतवार १८:५६

















