skip this

पोखरामा भीषण असिनापानी, सडकनै ढाक्याे असिनाले (फाेटाेफिचर)

3.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आइतबार पोखरामा भीषण असिनापानी परेको छ । असिनापानीले पोखराको सडक अवरुद्ध बन्न पुग्यो । न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चाेकको भागमा असिनाले टपक्कै छोपेको थियो भने यातायात अवरुद्ध हुन पुग्यो । असिनाले जनजीवन साथै व्यापार व्यवसाय पनि प्रभावित भएको छ ।
यसरी असिना परेको पहिलो पटक थाहा पाएका स्थानीय थम्मन ठकुरीले बताए । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका थिए । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन् । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तस्वीरहरु : हुम गुरुङ/तिर्थराज मगर

nijgadh-supermart-adz1200-630