एमसीसीविरुद्ध चर्को आन्दोलन : पत्रकार गणेश विक, मनिषा बस्नेतसहित दर्जनौँ पत्रकारमाथि लाठीचार्ज, ३० राउण्ड गोली चल्यो (हेर्नुहाेस् तस्विरहरू)
वि.सं.२०७८ फागुन ८ आइतवार २१:०१

काठमाडौं । फरक नेपाल डक कमका बरिष्ठ समाचार डेक्स सम्पादक गणेश विक घाइते भएका छन् । पत्रकार विक राष्ट्रिय दलित पत्रकार संग नेपाल, उपत्यका प्रदेशका उपाध्यक्ष तथा समाजवादी प्रेस संगठन नेपाल काठमाडौं कमिटीका सहसचिव साथै नेपाल पत्रकार महासंध, काठमाडाैं शाखाका सदस्य समेत रहेका छन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा पत्रकार विक घाइते भएका हुन् ।
प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनकाे फाेटाे भिडियाे खिच्नेक्रममा उनी घाइते भएका हुन् । एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएका हुन् ।
सरकारले एमसीसी संसद्मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ ।
प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् ।
उनीहरूले चर्का नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरी हस्तक्षेप भएको छ भने सो क्रममा जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला कमिटीकी सहसचिवमाथि प्रहरीले मनिषा बस्नेतमाथि निरघात कुटपिट गरेकाे छ भने उनिलाई नियन्त्रणमा लिएकाे बेला प्रहरीले लाठीचार्ज गरेकाे भिडियाे पत्रकार विकले खिच्ने क्रममा प्रहरीले पत्रकार बिकमाथि पनि लाठीचार्ज प्रहारबाट घाइते भएका हुन् ।

प्रहरीकाे नियन्त्रणमा रहेकी सहसचिव बस्नेत, पत्रकार बिककाे पहलमा रिहाइ भएकी छन्। यसैगरी प्रहरीले काष्ठमण्डपका दुई जना पत्रकारमाथि कुटपिट गरकाे छ भने दर्जनौँ पत्रकार घाइते भएका छन् । यस्तै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिका कार्यवहाक अध्यक्ष संदिप लुईटेल र नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।
सत्तारुढ गठबन्धनभित्रको विवादका बीच सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गरेपछि दिनभर बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । बिहानैदेखि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनका साथै राप्रपा र अन्य साना कम्युनिस्ट घटकहरुले प्रदर्शन गरेका थिए भने एमसीसी टेबल नै भएपछि आन्दोलन थप उग्र बन्यो ।
सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् भने कम्तिमा ५० भन्दा बढी पक्राउ परेका छन् । घाइते हुनेमा नेपाली प्रहरीतर्फ मात्रै १७ जना घाइते भएका छन् भने सशस्त्र प्रहरीतर्फपनि ७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरीका घाइते ३ जनाको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा उपचार भइरहेको छ । यस्तै नेपाल प्रहरी तर्फबाट घाइते भएकाहरुको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।






वि.सं.२०७८ फागुन ८ आइतवार २१:०१

















