skip this farak Kura Pravakar

पल शाहले आजै प्रहरीमा आत्मसर्मपण गर्ने

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।

नाबालिग गायिकले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् ।  ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

शाहविरुद्ध ती गायिकाले गत बुधबार जाहेरी दिएकी थिइन् । शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।

 

https://faraknepal.com/13735

https://faraknepal.com/13732

https://faraknepal.com/14022

 

https://faraknepal.com/13692

https://faraknepal.com/13697

https://faraknepal.com/13694

 

 

 

 

nijgadh-supermart-adz1200-630