एमसीसी सम्झौता यथास्थितिमा पारित गर्नुहुँदैन : माओवादी केन्द्र
वि.सं.२०७८ फागुन १५ आइतवार १८:०४
714
shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता पारित भए नेपालमा विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बताएका छन् ।
प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले एमसीसी सम्झौतामा भएका केही अनुसुसूचीहरु नेपालको संविधान र कानुनभन्दा माथि रहने भनिएकाले एमसीसी पारित भए विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार चलाउने बताएका हुन् ।
‘यो पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै सञ्चालन गर्नेछन्’ पोखरेलले सोही कारण बौद्धिक वर्गले एमसीसीलाई इष्ट इण्डिया कम्पनीसँग त्यसै तुलना नगरेको दावी गरे । उनले सम्झौता पुरक नहुँदै एक दर्जन पुरक सम्झौता पनि भएको भन्दै ति दस्तावेजहरु संसदमा उपलव्ध गराउनुपर्दैन ?
वि.सं.२०७८ फागुन १५ आइतवार १८:०४
















