‘नेपाल सार्वभौम देश हो : सांसद त्रिपाठी
वि.सं.२०७८ फागुन १५ आइतवार १८:३१
;f+;bsf k|Zgsf] hjfkm lbFb} dGqL lqkf7L sf7df8f}F, @& h]7 M ;+3Lo ;+;b ejg gofF afg]Zj/df dËnaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ljlgof]hg ljw]os, @)&& dfly ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;g dGqfno;Fu ;DalGwt p7]sf ljifodf hjfkm lbFb} dGqL Xbo]z lqkf7L . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं । सांसद हृदयेश त्रिपाठीले एमसीसीबारे श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् ।
आज एमसीसीमाथिको छलफलमा भाग लिँदै श्वेतपत्र जारी गरे सबैको अनुहार देखिने बताए।
उनले भने-‘म त स्वेतपत्र जारी गर्न माग गर्छु । स्वेत पत्र जारी गरे हामी सबैका अनुहार त्यहाँ देखिने छन् ।’
त्रिपाठीले सामान्य अनुदान सम्झौतमा बबाल खडा गरिएको समेत टिप्पणी गरे । ‘यो समान्य अनुदान सम्झौता मात्रै हो,’ उनले भने, ‘जसरी केही साथीहरूले स्वभिामानको कुरा गर्नुभयो । त्यो निबन्ध मात्रै हो । लाखौं युवा खाडीमा जीवन बिताइरहेका छन् । कहाँ छ स्वाभिमान ?’
त्रिपाठीले भने-‘जसले अनुदान दियो, उसलाई साम्राज्यवाद भनिरहेका छौं । कसले दिन्छ हामीलाई ?’
उनले संसदमा एमसीसी ल्याएर ठीक भएको पनि दाबी गरे । भने, ‘संसदमा नआने विषयलाई किन ल्याइयो भनेर प्रश्न उठाइयो ।
वि.सं.२०७८ फागुन १५ आइतवार १८:३१
















