skip this

एमसीसी विरुद्ध खुलामञ्चमा विरोध सभाको यस्तो छ तयारी (फोटो फिचर)

गठबन्धको तीन ठाउँबाट जुलुस

2.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । एमसीसी सम्झौताको विरुद्धमा भोली शुक्रबार विशाल जनप्रदर्शन सहित खुलामञ्चमा सभा हुदैछ ।

६ वटा पार्टी २ वटा मोर्चासहितको एमसीसी विरोधि गठबन्धनले रत्नपार्कस्थित खुला मञ्चमा गर्ने सभाको विहिबार साँझ सजाउने कार्य भईरहेको थियो । मञ्च सजाउनेदेखि झण्डाले घेरिएको छ । पार्टीका कार्यकतादेखि मजदुरलाई भ्याईनभ्याई थियो ।

उपत्यकाभित्रका कार्यकर्ता उतार्ने योजना बनाएको गठबन्धको तीन ठाउँबाट जुलुस निस्किने छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं बागमति प्रदेश अध्यक्ष लालबहादुर थापाका अनुसार त्रिपुरेश्वर, बानेश्वर र सोह्खुट्टेबाट जुलुस निस्कनेछ ।

५ हजारको संख्यामा सहभागि हुने अनुमान गरिएको छ । उपत्यकाभित्रबाट मात्र सहभागि हुनेछन् । बाहिरी जिल्ला जिल्लाबाट सहभागिता नहुने अध्यक्ष थापाले जानकारी दिए ।

गठबन्धनले एमसीसीलाई राष्ट्रघात र जनघातको संज्ञा दिदै भोली मध्यान्न आयोजना गर्ने विरोध सभालाई चित्र बहादुर केसी, नेत्रबिक्रम चन्द (विप्लव), डा. भिम रावल, नारायण काजी श्रेष्ठ, राम प्रकाश पुरी, मोहन वैध किरण, सिपि गजुरेल, आहुति, कर्णजित बुढाथोकी, ऋषि कट्टेल लगायतले सम्बोधन गर्ने तयारी छ ।

यसअघि नेकपा समाजवादी केन्द्रका सम्मानित नेता झलनाथ खनाल पनि सहभागि हुने चर्चा भएपनि आजै फेसबुकबाट कार्यक्रममा सहभागि हुने चर्चा हल्लामात्र भएको भन्दै सहभागि नहुने जनाएका छन् ।

हेर्नुस् तस्वीरहरु :

nijgadh-supermart-adz1200-630