skip this farak Kura Pravakar

कांग्रेस १४ औं अधिवेशन : बारामा राती १० बजेबाट मतगणना

1.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेपाली कांग्रेसको १४ महाधिबेशन अन्र्तगत नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन आज कलैयामा सुरु भएको मतदान साँझ सकिएको छ ।
कांग्रेस बारामा कुल २ हजार ४ सय ८२ मतदाता रहेकोमा २४ सय मत खसेको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए । उनका अनुुसार राती १० बजेबाट सभापति पदको उम्मेदवारको मतगणना सुरु गरिने भएको छ ।
७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरको शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षका यादब कलैया उपमहानगरपालिकाका मेयर हुन् भने बुढाथोकी संगठन विभाग प्रमुख हुन् ।

nijgadh-supermart-adz1200-630