६ करोड ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे अनुप पाण्डे
एक करोड ४४ लाख ठगी गरेको
वि.सं.२०७८ फागुन २८ शनिवार १५:१५

काठमाडाैं । ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।
काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको हो ।
पाण्डेविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए ।
पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।
अनुप पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेका ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेतले एक करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए ।
पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
वि.सं.२०७८ फागुन २८ शनिवार १५:१५

















