आमालाई औषधि किन्न जाँदा..!
वि.सं.२०७८ फागुन २९ आइतवार १४:५२
1.26K
shares

न्युयोर्क। आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी ट्यांकको हमलामा एक युक्रेनी महिलाको मृत्यु भएको छ ।
भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन् ।
उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत थिइन् ।
भ्यालेरिया सुरुमा रुसीहरूबाट घेराबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाएकी थिइन् । तर, आमालाई औषधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गरेका थिइन ।
एउटा ट्यांकले भ्यालेरिया र उनकी आमा चढेको गाडिमा गोली चलाएको थियो ।
पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको बख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आक्रमणमा परेका थिए ।
वि.सं.२०७८ फागुन २९ आइतवार १४:५२

















