skip this

मध्य बानेश्वरमा एक युवकमाथि खुकुरी प्रहार

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा युवकमाथि खुकुरी प्रहार गरिएको छ ।

गत बिहिबार अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए ।

खुकुरी हानेको घटना महानगरीय प्रहरी वृत बानेश्वरले गुपचुप राखेको छ ।

खुकुरी प्रहार गरेको ३ दिन भैसकेको छ । तर, आरोपीलाई प्रहरीले पक्राउ गरेको छैन । खुकुरी प्रहारबाट कमन सिंह बोगटी घाइते भएका छन् । बोगटीको शरिरमा ४४ वटा टाँका लगाइएको छ ।

पीडित परिवारले अछाम घर भएका ३८ वर्षीय कपील भण्डारीले खुकुरी हानेको दाबी गरेका छन् । कमन सिंह र कपिल पहिले सँगै बस्थे ।

युवकमाथि खुकुरी प्रहार भएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले भने–‘आरोपीको खोजी भइरहेको छ ।’

nijgadh-supermart-adz1200-630