skip this farak Kura Pravakar

आज २०७८ साल चैत २ गते बुधबारको राशिफल

840 shares
oil-nigam-amlekhgunj-adv.jpeg

आज २०७८ साल चैत २ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : दिन राम्रै छ। प्रशन्नता मिल्नेछ। अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या देखिनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। समाजसेवामा मन जानेछ। पठनपाठनमा भने आलस्यता बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। अरु क्षेत्र यथास्थितीमा छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। विजय प्राप्त हुनेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। प्रेममा गढबढ हुनेछ।

कर्कट : दिन राम्रो छ। हर्ष बढ्नेछ। आकस्मिक लाभ मिल्नेछ। रोगबाट मुक्ति पाउने योग छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

सिंह : दिन राम्रो नै छ। स्वास्थ्यमा सुधार हुनेछ। ठूलो लाभ प्राप्त हुने योग छ। खुसी मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा रहनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। आज सुरु गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

तुला : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। मनमा खुसी मिल्नेछ। आज सबै क्षेत्र यथास्थितीमा रहनेछ। सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। कर्म क्षेत्र अब्बल रहनेछ। रोगबाट मुक्त हुने सम्भावना छ। हनुमानलाई स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

धनु : दिन धेरै राम्रो छ। बोलीको प्रभावले साथीभाइ रिझाउन सक्नुहुनेछ। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

मकर : दिन सामान्य राम्रो छ। सोचेर मात्र बोल्नुपर्नेछ। दैनिकी आनन्दमय चल्नेछ। भूमीसम्बन्धी काम गर्ने हो भने सोचेभन्दा राम्रो उन्नती हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। इष्टमित्रसँगको भेटले मन प्रशन्न हुनेछ। आफन्तबाट ठूलो सहयोग मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा रहेपनि धार्मिक क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा बाह्य हस्तक्षेप बढ्नेछ।

मिन : दिन राम्रो नै छ। आफन्तको सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ। पेटमा समस्या हुनेछ।

 

nijgadh-supermart-adz1200-630