skip this

जनजागृती सुन्दर सामुदायिक वन उपभोक्ता समूह निजगढ ५ को नयाँ कार्यसमितिको पदभार ग्रहण

36 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ ५ स्थित श्री जनजागृती सुन्दर सामुदायिक वन उपभोक्ता समूहले डेढ महिना लगाएर सहमति जुटाएपछि आगामी कार्यकालको लागि नयाँ नेतृत्व पाएको छ ।

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक तामागढी सव डिभिजन कार्यालयका वन अधिकृत राजकिशोरप्रसाद उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

नयाँ कार्यसमितिको अध्यक्षमा भिमप्रसाद तिमल्सिना, उपाध्यक्षमा शेषप्रसाद गौतम, सचिवमा इन्दीरा पौडेल, कोषाध्यक्षमा संगिता थापा मगर र सहसचिव सन्तोष अर्याल सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यसैगरि कार्यसमितिको सदस्यमा कमली विश्वकर्मा, गोमा थापामगर, मिना चौलागाई, रिता पोखरेल र दुर्गा चौलागाई पनि सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै समूहको ३ सदस्यीय लेखा समिति संयोजकमा रेवतीबहादुर राउत, सदस्यमा लिलानाथ न्यौपाने र रुद्रबहादुर पुलामी सर्वसम्मत निर्वाचित भएका थिए ।

वन समुहको सभाहलमा आयोजित सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका सदस्य एंव सामुदायिक वन उपभोक्ता महासंघ निजगढका संयोजक कुशबहादुर थापा, वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, बाघभैरभ सामुदायिक वन समुहका अध्यक्ष अमरलाल सिंतान लगायतको उपस्थिति रहेको छ ।

वन समूहको गत बैशाख १२ गते भएको १५ औं साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्न नसकेपछि वन समूहका उपभोक्ता र सरोकारवालाहरुको प्रयासमा नयाँ कार्यसमिति पदाधिकारी र सदस्यमा सहमति बनेको हो ।

नव निर्वाचित अध्यक्ष तिमल्सिनाले विभिन्न योजना तथा प्रतिवद्धता प्रस्तुत गरेका थिए ।

nijgadh-supermart-adz1200-630