skip this

ऋण नतिर्दा एमालेका दोलखा जिल्ला इन्चार्ज पोखरेललाई झमेला : पत्रिकामा छापियो तस्विर..!

३५ दिन भित्र ऋण नतिरे पोखरेलको धितो लिलाम हुने

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेकपा एमालेका बागमती प्रदेश सदस्य तथा दोलखा जिल्ला इन्चार्ज इश्वरचन्द्र पोखरेल खाएको ऋण नतिर्दा झमेलामा परेका छन् ।

तामाकोशी गाउँपालिकाका निर्वाचित पालिका अध्यक्ष समेत रहेका पोखरेलले दोलखाको बैतेश्वर गाउँपालिकामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाबाट लिएकाे ऋण नतिर्दा सहकारीले उनको तस्विरसहितकाे विवरण पत्रिकामा छापेको हो ।

सहकारीले पत्रिकामा सूचना निकाल्दै ३५ दिन भित्र ऋण तिर्न आउन परिपत्र गरेको छ । विभिन्न समयमा तर-ताकेता गर्दा समेत सावाँ-ब्याज नतिरेको भन्दै पोखरेलसहित अन्य ऋणीको विवरण प्रकाशित गरिएको स्राेतले बताएकाे छ।

३५ दिन भित्र ऋण नतिरे पोखरेलको धितो लिलाम हुने सहकारीले जनाएको छ ।

तामाकोशी गाउँपालिका ३ जफे निवासी पोखरेललले धितोको रुपमा कित्ता नं ५४५, ५४९, ६३५, ७२५, १६१६, १६२५ का जग्गाहरु राखेका छन्।

उक्त जग्गाको क्षेत्रफल क्रमश १०५५, ११२५, १०५०, ८८०, १७१९, १०३६ वर्ग मिटर रहेको स्रोतले जनाएको छ।

उनले सहकारीबाट कति ऋण लिएका छन् भन्ने विषय भने खुलाउन चाहेन । तर स्रोतका अनुसार उनले सहकारीबाट १० लाख रुपैयाँ ऋण झिकेका थिए उनको ऋण समेत बढेर साढे ११ लाख जति पुगेको छ ।

nijgadh-supermart-adz1200-630