गर्भवती युवतीसँग टिन्डरमै लभ, भेट्न जाँदा भइन् सुत्केरी
वि.सं.२०७८ चैत ५ शनिवार १३:०१

काठमाडाैं । उनीहरुको चिनजान भएपछि एक आपसमा कुराकानी गर्न थाले । उनीहरुको भेट तीन पटक मात्र भएको थियो र उनीहरुले चौथो पटक भेट्ने योजना बनाएका थिए ।
म्याक्स पेशाले निजामती कर्मचारी हुन् । उनी कामको सिलसिलामा देशबाहिर गएका थिए । म्याक्सलाई पिक गर्न एलिजा एयरपोर्ट जान लागेकी थिइन् ।
तर बिचैमा उनी पिडाले छट्पटिन लागिन् । त्यहीँ दिन उनले बच्चालाई जन्म दिइन् र त्यसपछि दुबैको भेट अस्पतालमा भयो।
म्याक्स र एलिजाले बच्चाको हेरचाह गरिरहेका छन् र म्याक्सले तिन हप्ताको बिदा समेत लिएका छन् ।
यो सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो देखेर परिवरका सदस्यहरु पनि चिन्तित भएका छन् ।
यस्तो समयमा दुबै सँगै परिवारको साथ आउनु अचम्मको विषय हो ।
तर म्याक्स र एलिजा भन्छन् ‘यस्तो परिस्थितिले हाम्रो सम्बन्धलाई झनै बलियो बनाएको छ । दुबैजना मिलेर बच्चा हुर्काउन कटिबद्ध छौं । ’
अष्ट्रेलियामा यो एक प्रेमको उदाहरण नै बनेको छ ।
भनिन्छ साँचो प्रेम हर कोही व्यक्तिले सजिलै पाउन सक्दैन तर यहा टिन्डरबाट भेट भएको प्रेमीले प्रेमीकालाई सहयोग गर्न अस्पतालसम्म पुगे ।
यो कुरा बाहिर आएपछि पनि धेरै मानिसहरु प्रेमी युवकको साहसको तारिफ गरिरहेका छन् ।
वि.सं.२०७८ चैत ५ शनिवार १३:०१

















