skip this

पाँच लाख रुपैयाँ घुस लिएका नगरप्रमुखविरुद्ध मुद्दा दायर

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोशप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीहरुविरुद्ध पाँच लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नगर प्रमुख पटेल र उनका सहयोगीलाई दुई लाख पचास हजार रुपैयाँ नगद र दुई लाख पचास हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा गत फागुन १५ गते नियन्त्रणमा लिएको थियो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको ठहरका साथ अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐन दफा ३ को उपदफा (१) को खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

nijgadh-supermart-adz1200-630