skip this

बालेनलाई गगन थापाको कडा चेतावनी

456 shares
oil-nigam-amlekhgunj-adv.jpeg
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्।

सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भारत–नेपाल सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले व्यक्त गरेको धारणा निन्दनीय र आपत्तिजनक रहेको बताए।

उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा देशको स्पष्ट अडान हुने उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको स्थापित धारणा कमजोर बनाउन सक्ने तर्क गरे।

थापाका अनुसार यस्ता विषयमा तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा अघि बढ्नुपर्ने हुन्छ। प्रधानमन्त्रीको भनाइले छिमेकी मुलुकसँग वार्तामार्फत समाधान खोज्ने सम्भावनालाई समेत असर पार्न सक्ने उनको भनाइ थियो।

उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको स्पष्ट रूपमा विरोध गरेको जानकारी दिँदै राष्ट्रिय महत्वका विषयमा बोल्दा नेतृत्व तहका व्यक्तिहरूले विशेष जिम्मेवारी र संवेदनशीलता अपनाउनुपर्ने बताए।

nijgadh-supermart-adz1200-630