skip this farak Kura Pravakar

दोलखाका डिएसपी पौडेलको यस्ताे छ धन्दा, एमालेका मिटरब्याजी शर्मासँग साँठगाठ

२ लाख मुल्य बराबरको आइफोन सहित पाँच लाखको सपिङ

3.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । कांग्रेस नेताहरुको पाउमा परेर चाकरी र चाप्लुसीको भरमा पहिलो पटक जिल्ला इन्चार्जको जिम्मेवारी पाएका दोलखाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेल जिल्ला पुग्नासाथ उठौती धन्दामा सकृय भएर लागेका छन् ।

जिल्ला प्रवेश गरेर प्रहरीको नेतृत्व लिएको १ महिना नबित्दै डिएसपी पौडेल खुलेर उठौती धन्दामा लागेको तथ्य सार्वजनिक भएको हो ।

केहि कांग्रेस नेताहरुको शक्ति प्रयोग गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी लिएर दोलखा गएका डिएसपी पौडेलले कांग्रेस नेताहरुलाई समेत थाङ्नामा सुताएर प्रहरी प्रधान कार्यालयको समेत बदनाम हुने गरि उठौती पठौतीमा लागेका छन् ।

जिल्ला प्रवेश गर्नसाथ एमालेनिकट मिटरब्याजीहरुसँगको साँटगाँठमा कांग्रेस कार्यकर्ताहरुलाई थुन्ने र एमाले निकटलाई उन्मुक्ति दिने गरेको कांग्रेस कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

दोलखा हाजिर भएको झण्डै एक सातापछि उनि काठ्मांडौ आइपुगेका थिए । पौडेल सोही दिन नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कोशाध्यक्ष समेत रहेका मिटरब्याजी बिदुर शर्मा लगाएतको टोलीलाई भेट्न पुगेको तथ्य सार्वजनिक भएको छ ।

भेटमा मिटरब्याजी शर्मा सहितको टोलीले झण्डै २ लाख मुल्य बराबरको आइफोन सहित पाँच लाखको सपिङ गराएको खुलेको छ ।

मिटरब्याजी शर्मा आशन्न निर्वाचनमा मेलुङ गाउँपालिकाको अध्यक्ष उठ्ने र निर्वाचनमा बुथ क्याप्चर गर्न सघाउने देखि अन्य थुप्रै अपराधका घटना गुपचुप गरिदिने सहमति पौडेलले गरेपछि शर्माले पाँच लाख बराबरको सपिङ गराएको बुझिन आएको छ । उनले दोलखामा खुलेर कांग्रेसलाई असहयोग गरिरहेका छन् ।

कांग्रेस नेता नारायण ठकुरीलाई मरणाशन्न हुनेगरि कुटपिट गरेका ४ जना अपराधिक समुहका गुण्डाहरुलाई कारबाही गर्नुका सट्टा उल्टै उनिहरुसँगै पैसाको बार्गेनिङमा लागेको समेत आरोप लागेको छ ।

शर्माको महंगो गिफ्ट बुझेर दोलखा फर्किएका पौडेलले क्रसर सञ्चालक र नदि उत्खननको ठेक्का लिएका ठेकेदारहरुलाई तार्गेट बनाएर उठौती अभियान चलाइरहेका छन् ।

पौडेल राती राती क्रसर उद्योग र नदि किनार क्षेत्रमा गाडी लिएर पुग्ने गरेको र सिधै रकम बार्गेनिङ गर्ने गरेको गुनासो प्राप्त भएको छ ।

दोलखामा सञ्चालित सबै क्रसर उद्योगका सञ्चालकहरुलाई तत्काल आफुलाई भेट्न डिएसपी पौडेललले आफ्नै संयन्त्रमार्फत खबर समेत पठाइसकेका छन् ।

एक क्रसर उद्योगमा कार्यरत मजदुरका अनुसार ३ दिन भित्र साहुजीलाई डिएसपी साबलाई भेट्न जानु भन्ने खबर प्रहरीले छोडेको खुलेको छ । नाम नबताउने शर्तमा ति मजदुरले भने ‘लगातार तिन पटक प्रहरी क्रसरमा आइसक्यो अन्तिम पटक ३ दिनभित्र साहुलाई भेट्न पठाइदिनु भन्ने खबर छ ’।

डिएसपी पौडेलको यो हर्कत प्रहरी प्रधान कार्यालयमा समेत आइपुगेको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले अनौपचारिक कुराकानीका क्रममा डिएसपी पौडेलको गतिविधि आफुहरुकहा आइपुगेको जनाउदै सो विषयमा सुक्ष्म ढंगले अध्यन भैरहेको समाचार मिडिया डबलीमा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630