यातायातले अर्को सुचना जारी गर्दै यस्ताे भन्यो : भोली विहान ६ बजे सम्म मात्रै सेवा बन्द
वि.सं.२०७८ चैत ९ बुधवार १६:४८
1.61K
shares

काठमाडाैं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहनेबारेको आफ्नो सूचना सच्चाएको छ ।
विभागले बुधबार दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने जनाएको छ ।
यसअघि सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो ।
त्यसपछि अवरुद्ध सेवा अनिश्चितकालका लागि बन्द भएको भन्दै सञ्जालमा विभागको आलोचना भएको थियो ।
तर, विभागले संशोधित सूचनामा सबै सेवा अनिश्चितकालका लागि बन्द हुने सूचना सत्य नभएको जनाएको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार १६:४८
















