skip this farak Kura Pravakar

४८ लाखभन्दा बढी ठगी गरेकाे आरोपमा गीतकार राई भैंसेपाटीबाट पक्राउ

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पुर्‍याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा पाँच महिनाअघि बर्सु गुरुङले १३ लाख रुपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । त्यस्तै डेढ महिनाअघि छेवाङ लामाले ३६ लाख रूपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए ।

राईले दिएको चेक नसाटिएपछि दुवै पीडित प्रहरीसमक्ष पुगेका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकले पर्याप्त रकम नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो ।

उजुरी परेपछि फरार राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पीडितहरूका अनुसार राईले अन्य धेरैलाई लाखौं ठगेका छन् ।

४० लाख ठगिएका एक पीडितले भोलि राईविरुद्ध अर्को उजुरी हाल्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।

nijgadh-supermart-adz1200-630