चैत २५ देखि टाइफाइड विरुद्धको खोप अभियान : बारामा तीन चरणमा (सुची सहित)
वि.सं.२०७८ चैत १६ बुधवार ०९:४३

बारा । बालबालिकालाई टाईफाइड रोगबाट बचाउन यहि चैत्र २५ देखिदेखि बैशाख १८ गतेसम्म देशैभर खोप अभियान सञ्चालन हुन लागेको छ ।
बारामा तीन चरणमा
बारामा १६ स्थानीय तहमा तीन चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय बाराले तयारी गरेको छ । तीन चरणमा हुने खोप अभियान चैत २५ देखि सुरु गरिने प्रमुख रामनरेश यादवले जानकारी दिए ।
कार्यालयले अभियान सञ्चालनका लागि जिल्ला स्तरीय टाइफाइड विरुद्धको खोप अभियान सम्बन्धि स्वास्थ्य संस्था प्रमुखहरुको २ दिने अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी गरेको छ ।
पथलैया तालीम केन्द्रमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख यादबले सम्बोधन गर्दै सबैमा खोप लगाउन अपिल गरे ।
चैत २५ देखि ३० सम्म कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका र परवानीपुर गाउँपालिकामा खोप लगाइने छ ।
वैशाख ४ देखि ९ गते सम्म निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, त्यस्तै वैशाख ११ देखि १६ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका, देवताल गाउँपालिकामा खोप लगाइने छ ।
१५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने प्रमुख यादवले बताए ।
स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखिकरण दिदै उनले भने सरकारको पहिलो प्राथमिकता र लागत प्रभावकारी एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा रहेको राष्ट्रिय खोप कार्यक्रमबाट खोपबाट बचाउन सकिने रोगहरूबाट हुने बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदर समेतमा उल्लेख्य रुपमा कमी ल्याउन सफलता मिलेको छ ।
यसरी अब १५ महिना सम्मका बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूवाट बचाउन १३ प्रकारको एन्टिजेन तथा गर्भवतीहरूका लागि टी.डी. खोप उपलब्ध हुने जानएका छन् ।
खोपको प्रयोगसंगै टाइफाइड रोगको रोकथाम र नियन्त्रणको लागि सरसफाई प्रवर्द्धन उत्तिकै महत्वपूर्ण हुने हुँदा नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्द्धन कार्यक्रमलाई सबै तह र निकायहरूबाट विशेष जोड दिँदै खोपसंगै सरसफाई प्रवर्द्धन कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन गर्न गराउन स्वास्थ्यकर्मी लाई स्वास्थ्य प्रमुख यादवले अपिल गरे ।

वि.सं.२०७८ चैत १६ बुधवार ०९:४३

















