नव जनजागृती युवा क्लव निजगढ मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश
वि.सं.२०७८ चैत १६ बुधवार ०९:५४
नव जनजागृती युवा क्लव निजगढको टिम । फोटो : शिवराज अधिकारी
बारा । नव जनजागृती युवा क्लव निजगढ मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेकोछ । हरिवन युवा क्लव सर्लाहीलाई ३- १ ले पराजित गर्दै नव जनजागृती सेमिफाइनलमा प्रवेश गरेको हो ।
नव जनजागृतिको जितमा प्रज्वल थापा र सामुएल सुनारले गोल गरे । हरिवनका लागि सन्तोष राईले गोल गरेका थिए ।
हरिवनले खेलको सुरुवातमै लिएको अग्रता जोगाउन सकेन् । खेलको नवौं मिनेटमा सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । तर नव जनजागृतिले खेलमा पुनरागमन गर्दै फराकिलो जित निकालेको हो ।
खेलको म्यान अफ दि म्याच नव जनजागृतिका सामुएल सुनार घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार नेपाल खेलकुद क्लव रौतहट र निजगढबीच पहिलो सेमिफाईनल खेल हुनेछ ।
वि.सं.२०७८ चैत १६ बुधवार ०९:५४

















