आज नयाँदिल्लीमा प्रधानमन्त्री देउवाको महत्वपूर्ण राजनीतिक भेटघाट
वि.सं.२०७८ चैत १९ शनिवार ०९:०८

काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँदिल्लीमा महत्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त हुनेछन् । निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार शनिबार विहान १०.४० बजे महात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् ।
त्यसपछि ११.१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वन अन वन’ भेटवार्ता गर्नेछन् । मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ ।
बैठक सम्पन्न भएपछि मध्यान्ह १२.१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । शनिबार नै दिउँसो ४.३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४.१५ बजे स्वदेश फर्कनेछन् ।
वि.सं.२०७८ चैत १९ शनिवार ०९:०८
















