skip this

निजगढ –१२ रामथलीमा घरेलु विवादपछि कुटपिटमा परेकी महिलाको मृत्यु

117 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिका–१२, रामथलीमा घरेलु विवादका क्रममा कुटपिटमा परेकी एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार असोज २१ गते बिहान करिब ८ बजे निजगढ नगरपालिका–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई कुटपिट गरेका थिए।

कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायालाई स्थानीय मेडिकलबाट स्वास्थ्यकर्मी बोलाई घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपचार गरिएको प्रहरीले जनाएको छ।

उपचारपछि सोही दिन राति करिब ८ बजे खाना खाएर सुकुमाया ओछ्यानमा सुतेकी थिइन्। तर, भोलिपल्ट असोज २२ गते बिहान उठिनन्। श्रीमान् विजय मोक्तानले शरीरमा कुनै हलचल नदेखेपछि छरछिमेकीलाई खबर गरेका थिए।

घटनाबारे बिहान करिब ६ः४० बजे टेलिफोनमार्फत अस्थायी प्रहरी पोस्ट रतनपुरमा जानकारी गराइएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र सुकुमायाको मृत्यु भएको पुष्टि भएपछि उनका श्रीमान् विजय मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिलाको मृत्यु कुटपिटकै कारण भएको हो वा अन्य कारणले भन्ने विषयमा आवश्यक अनुसन्धान तथा परीक्षणपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630