आचारसंहिता पालनामा सबैले ध्यान पुर्याउन आवश्यक छ –खिलराज रेग्मी
वि.सं.२०७८ चैत २४ बिहीवार ११:०७
1.66K
shares

काठमाडौँ ।निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुझाव दिनु भएको छ ।
उहाँले आचारसंहिताको पूर्ण पालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पुर्याउन आवश्यक रहेको बताउनु भएको छ ।
संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरूप दिन उहाँकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा ७८।३४ प्रतिशत मतदान भएको थियो ।
वि.सं.२०७८ चैत २४ बिहीवार ११:०७
















