पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न एमाले अध्यक्ष ओली बझाङमा
वि.सं.२०७८ चैत २८ सोमवार १४:१६
1.31K
shares

२८ चैत ०७८, काठमाडौ ।
एमाले अध्यक्ष केपी ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली आइपुगेका हुन् ।
ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् ।
वि.सं.२०७८ चैत २८ सोमवार १४:१६
















