skip this farak Kura Pravakar

काठमाडौँको गोकर्णेश्वरमा फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि

कम्पनी करिब १० करोडको लगानीमा मेसिन सञ्चालनमा

2.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कुनै बेला मन्दिरको शहर भनेर चिनिने काठमाडौं पछिल्लो समय प्रदुषणको शहर बन्दै गएको छ । घनावस्ती रहेको काठमाडौ उपत्यका लामो समयदेखि यहाँ उत्पादित फोहोर व्यवस्थापन गर्न नसकेर फोहोरको थुप्रो बन्दै गइरहेछ ।

फोहोर व्यवस्थापनमा सिंङगो मुलुककै टाउको दुखाइ बनिरहेको वेला काठमाडौको गोकर्णेश्वर नगरपालिकाले करोडौं लगानी गरेर इन्सिनरेटर मेसिन प्रयोग गरेको छ ।

सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको हो ।

घर घरबाट निस्कने फोहोरलाई प्रदूषणरहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकल प्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको गोकर्णेश्वर नगरपालिकाका सूचना अधिकारी टेकनाथ घिमिरेले जानकारी दिए । उनले नगरवासी सचेत भएर जल्ने फोहोर न नजल्ने फोहोरको उचित रुपमा व्यवस्थापन गर्न सकिएमा योजनाको सफल कार्यान्वयन हुन सक्छ ।

नगरपालिका र कम्पनीबीच तीन वर्षअघि सम्झौता भएको थियो । कम्पनी करिब १० करोडको लगानीमा मेसिन सञ्चालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ बागमती किनारमा एक रोपनी क्षेत्रमा बस्तीरहित स्थानमा उक्त मेसिन राखिएको छ ।

नेपालकै पहिलो

यो प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने गोकर्णेश्वर नगरपालिका नेपालमै पहिलो नगरपालिका भएको नगरपालिका प्रमुख सन्तोष चालिसेले दाबी गरे । उनले भने,“इन्सिनरेटर मेसिन पू्र्णरूपमा सञ्चालनमा आउने क्रममा छ । यस्तै, तीन वटा मेसिन नगरपालिकाका विभिन्न स्थानमा राख्ने हो भने सिङ्गो नगरपालिकालाई फोहोर व्यवस्थापनको कुनै चुनौती हुँदैन ।”

सन्तोष चालिसे, नगर प्रमुख

नगरपालिकाले दुई वर्षअघि जापानबाट पाँच करोड रूपियाँको लागतमा उक्त मेसिन खरिद गरेको हो । जापानका हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापन गर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यस्तो प्रविधि उपयुक्त हुने लागेर मेसिन ल्याइएको प्रमुख चालिसेले बताए ।

कसरी गरिन्छ व्यवस्थापन

घरहरूबाट निस्कने आगोमा बल्ने सबै प्रकारका फोहोरलाई एकीकृत गरी नगरपालिकाले प्रदान गरेको झोलामा फोहोर हाल्न लगाइन्छ । त्यस्ता फोहोरलाई नगरपालिकाको गाडीले घरघरमा पुगेर सङ्कलन गर्छ । गाडीले मेसिनसम्म पु¥याएको झोलासहितको फोहोरलाई मेसिनमा हालेर फोहोरलाई धुँवारहित रुपमा जलाउने गरिन्छ ।


सढ्ने फोहोरलाई कम्पोष्ट मल बनाईन्छ । यसबाट पर्यावरणमा कुनै नकारात्मक प्रभाव नपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिको खाली जमिनमा कम्पोष्ट मल बनाउने कारखाना खोलेर सढ्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने योजना रहेको सूचना अधिकारी घिमिरेले बताए ।

nijgadh-supermart-adz1200-630