skip this

मोटरसाइकलको ठक्करबाट रौतहटमा पैदलयात्रीको मृत्यु

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८० बर्षीया पचिया देवी रहेकी छन् ।

ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी साढे ५ बजे गम्भीर घाइते भएकी बृद्धाको विरगंज स्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो । दुर्घटना लगतै मोटरसाइकल छोडी फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

nijgadh-supermart-adz1200-630