दुई सय केजी गाँजासहित बारामा दुई जना भारतीय पक्राउ
वि.सं.२०७९ वैशाख १४ बुधवार १३:२०
1.12K
shares

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
वि.सं.२०७९ वैशाख १४ बुधवार १३:२०

















