skip this

कलैयामा गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति र एमालेबाट जिल्ला अध्यक्ष भिड्दै

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । यहि बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन हुँदै छ । पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच स्थानीय तह निर्वाचनमा कलैया उपमहानगर प्रमुखमा मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनको तर्फबाट नेपाली काँग्रेस बाराका जिल्ला सभापति राजेश राय यादव उपमहानगर प्रमुखमा उम्मेदवार छन् । उनी काँग्रेसका बारा जिल्ला सभापति पनि हुन् । उनी उपमहानगरमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

कलैया उपमहानगरमा यसअघिको निर्वाचनमा पनि काँग्रेसका राजेश राय यादवले जितेका थिए । त्यतिबेला यादवसँग नेकपा एमालेका उम्मेदवार बिनोद साह पराजित भएका थिए । त्यस्तै यसपटक पनि उनको प्रतिस्पर्धा नेकपा एमालेका बिनोद साहसँग रहेको छ । एमालेले फेरि पनि साहलाई नै उम्मेदवार बनाएको छ । उनी एमालेका बारा जिल्ला अध्यक्ष पनि हुन् ।२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो पालिकाको प्रमुख र उपप्रमुख दुवै पद काँग्रेसले जितेको थियो ।

 

nijgadh-supermart-adz1200-630